Skip to content

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा युनिलिभर नेपालले हस्तान्तरण गर्‍यो ५० लाख

nabil bank

काठमाडौं । युनिलिभर नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ। कम्पनीले हालै नेपालमा भएको विनाशकारी बाढी र पहिरोका पीडितहरूलाई सहयोग गर्ने प्रयास स्वरुप उक्त रकम हस्तान्तरण गरेको हो।

बाढी र पहिरोले नेपालभर निम्त्याएको दुःखद घडीमा पीडित समुदायको सहयोगको लागि युनिलिभर नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत राहतको आवश्यकतामा परेका जनताहरूलाई दैनिक सरसफाइका सामग्री उपलब्ध गराएको छ।

यस अभियानलाई थप बढवा दिन युनिलिभर नेपालका प्रबन्ध निर्देशकरसिइओ अम्लान मुखर्जी र संस्थापक साझेदार रविभक्त श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नेपाल सरकारको राहत तथा पुनःस्थापना गर्ने प्रयासमा एक्यबद्धता जनाउँदै ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन्।

युनिलिभर नेपाल आफ्नो समुदायमा सकारात्मक प्रभाव पार्ने उद्देश्यबाट प्रेरित रहेको बताइएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi