Skip to content

सहकारीका बचतकर्ताको रकम फिर्ता गर्छौंः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगविरुद्धको कारबाही अघि बढेको बताएका छन् । सरकारको १०० दिन पूरा भएको अवसरमा बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ६ सय सहकारी ठगविरुद्धको कारबाही अघि बढेको बताएका हुन् ।

‘सहकारीमा ठगीमा संलग्न जो कसैलाई कारबाही गर्छौं भनेका थियौँ । अहिले सहकारी ठगहरूलाई कारबाही प्रक्रिया अघि बढेको छ,’ ओलीले भने, ‘६०० बढीलाई कारबाही प्रक्रिया अघि बढाएकामा ५७५ जना थुनामा छन् ।’

उनले सहरी ठगलाई कारबाही मात्रले सरकारको दायित्व पूरा नहुने भएकाले बचतकर्ताको रकम पनि फिर्ता गराउने आश्वासन दिए ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi