Skip to content
Prabhu

पुनःनिर्माण कोषमा करुणा फाउण्डेसनको १० लाखको सहयोग

nabil

विराटनगर । प्रदेश सरकारको मर्मतसम्भार तथा पुनःनिर्माण कोषमा करुणा फाउण्डेसनले रु. १० लाख सहयोग गरेको छ ।

कोशी प्रदेश सरकारले गत असोज ११, १२ र १३ गतेको वर्षाले भएको क्षतिको पुनःनिर्माण गर्न स्थापना गरेको कोषमा फाउण्डेसनले सहयोग गरेको हो ।

आज एक कार्यक्रमकाबीच करुणा फाउण्डेसनका कार्यकारी निर्देशक दीपकराज सापकोटा र निर्देशक योगेन्द्र गिरीले संयुक्त रुपमा सो रकम बराबरको चेक मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हस्तान्तरण गरे ।

बाढी, पहिरो तथा डुबानले भएको क्षतिको द्रुतगतिमा पुनःनिर्माण गर्न आवश्यक रहेकाले सहयोग गरिएको करुणा फाउण्डेसनले जनाएको छ ।

मुख्यमन्त्री कार्कीले पुनःनिर्माण तथा मर्मतसम्भारका लागि फाउन्डेसनले सहयोग गरेर सुरुआत गरेकामा धन्यवाद दिए । कोष प्रदेशको पुनःनिर्माणमा महत्वपूर्ण हुने उनले बताए ।

करुणा फाउण्डेसनले प्रदेश सरकार र स्थानीय तहसँगको साझेदारीमा कोसी प्रदेशका स्थानीय तहमा अपाङ्गता रोकथाम तथा पुनःस्थापनासम्बन्धी काम गर्दै आएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal