काठमाडौं । कात्तिक २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आठौं प्राङ्गारिक कृषि मेला आयोजना हुने भएको छ । कञ्चनजंघा टी स्टेट एण्ड रिसर्च सेन्टर र अर्गानिक एशोसिएसन नेपालको संयुक्त आयोजनामा मेलाको आयोजना गर्न लागिएको हो ।
मेला आयोजनाको सम्बन्धमा आज पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ । जल, जंगल, जमिन र जीवनलाई सुरक्षित राखी समाजलाई स्वास्थ्य राख्नका लाग उत्पादन देखिनै ध्इान दिनु पआवश्यक भएकाले सबै प्रकारका कृषि उत्पादनहरु जैविक र वैदिक हुनुपर्छ भन्ने लक्ष्यका साथ मेलाको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । त्यस्तै अर्गानिक उत्पादको बजार प्रबर्द्धन गर्न र शुद्ध भोजन स्वस्थ्य जीवनका लागि भन्ने जनचेतना अभिवृद्धिका लागि पनि यो मेला सहयोगी हुने बताइएको छ ।
‘मानिसहरुको आकर्षण दिन प्रतिदित अर्गानिक उत्पादनमा बढ्दै गएको र अर्गानिक उत्पादन उपयोग गर्नेहरुको संख्या उल्लेख्य रुपमा बृद्धि भइरहेको छ । नेपाल सरकारले पनि अर्गानिक उत्पादनलाई प्रोत्साहन गरिरहेको अवस्था छ । बजारको स्वरुप हेर्दा डिपार्टमेन्ट स्टोर, थोक तथा खुद्रा पसल तथा लघु उिद्यम व्यवसाय उल्लेख्य रुपमा रहेका छन् तथापी जनसंख्याको तुलनामा अर्गानिक उत्पादिन बस्तुहरुको सहजरुपमा उपलब्ध हुन नसकेको अवस्थामा मेलाले सहयोग पु¥याउने विश्वा गरिएको छ,’ आयोजकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै मेलाको उद्देश्य नेपालको अर्गानिक तथा प्राकिृति कृषि उपजहरुको राष्ट्रिय, अन्तर्राष्ट्रिय बजारीकरमा टेवा पु¥याउने, उत्पादक र उपभोक्ता बीचको मूल्य अन्तरलाई न्यूनीकरण गर्दै उपभोक्तालाई सुपथ मूल्यमा अर्गानिक र प्राकृतिक उपभोग्य सामग्री उपलब्ध गराउने, स्वास्थ्य भई बाँच्न पाउने अधिकारको रक्षा र उपभोत्तःा हितको संरक्षण र सम्बद्र्धनमा सहयोग पुर्याउने र अर्गानिक विषयसँग सम्बन्धित कार्यपत्र प्रस्तुत तथा अन्तरक्रियामार्फत सरोकारवालाहरुलाई जानकारी गराउने रहेको छ ।
प्रतिक्रिया दिनुहोस्