Skip to content

सरसफाइमा सक्रिय महिला कामदार

nabil
global ime

काठमाडौँ । चाडपर्वका लागि खर्च जुटाउन शङ्खमूलकी ३७ वर्षीया जैसरा दवाडी कामको खोजीमा भौतारिरहेका थिए। जीविकोपार्जनका लागि आफैँले खर्च जुटाउनुपर्ने बाध्यतामा रहेकी उनी छोटो समयमा पर्व मनाउने खर्च जुटाउन कामको खोजीमा थिइन्।

काम खोज्ने क्रममा उनले एकजना साथीमार्फत काठमाडौं महानगरपालिकामा रोजगार माग गर्न पाइने सूचना पाए । तिहार आफैँमा खर्चिलो पर्व भएकाले दवाडीले सुरुमा श्रीमान्लाई निवेदन दिन आग्रह गरे । श्रीमती र श्रीमान् भएर पालिकामा पुगे र रोजगारको बारेमा सोधे ।

सडक र बाटोघाटो सरसफाइमा काम पाइने जानकारी पाएपछि दवाडीका श्रीमान्ले काम नगर्ने जनाए । ‘फोहोर उठाउने काम गर्दिन भन्दै श्रीमान् घर फर्किनुभयो’, दवाडीले भने । दवाडीले भने पाएको रोजगारी गुमाउन चाहनुभएन् । उहाँले पालिका वरिपरिको बाटो, पार्क र सडक सफा गर्ने काम सुरु गरे ।

नौ दिनका लागि उनले ज्यालादारीमा काम पाएका थिए। दिनको रु. सात सय पाउँदा पर्व खर्च जुट्ने भन्दै उहाँको मुहार उज्यालो थियो । मंगलबार शङ्खमूलस्थित बागमती किनारामा बाढीले ल्याएका फोहरका पोका बटुल्दै उनले भने, ‘काम गर्न के को लाज रु जे जानेको छु, त्यही गर्छु ।’ श्रीमान्ले फोहर उठाउने काम गर्दिन भन्दै कामलाई गरेको अपमानप्रति दवाडी दुःखी छन्। एक सातादेखि ज्यालामा श्रम गर्न पाएकोमा तिहार रमाइलो गरी मनाउन सक्नेमा उनी खुसी छन् ।

सरसफाइ गरेर तिहार खर्च जुटाउने समूहमा थिए, धादिङकी चाँदनी पुन । उनको परिवारमा परिश्रम गर्न सक्ने छोराछोरी र श्रीमान् भए पनि उनीहरु मजदुरी गर्न लाज नमानेपछि पुनले आफैँ काममा जाने निर्णय गरे । उच्चशिक्षा उत्र्तिण गरेको छोरो बेरोजगार भएर घरमा बस्दा ५५ वर्षिया पुन भने सरसफाइ गर्ने रोजगारी पाउनुभएकामा उत्साहित भए । ‘छोराछोरी सानोतिनो मजदुरी गर्न मान्दैनन् बरु मोबाइल हेरेर बस्छन्’, पुनले भने, ‘पेट पाल्नै पर्यो । काम पाउनु ठुलो कुरा हो ।’

उनसँगै महानगरको श्रम बैंकबाट सरसफाइको काममा खटिनुभएकी कोटेश्वरकी ज्ञानु मर्हजन (नाम परिवर्तन) ले महानगरको सडक सफा गर्ने रोजगार पाएको कुरा घरमा सुनाए । घरमा छोराछोरीले र श्रीमान्ले सडकमा काम गर्न अनुमति नदिए पनि उनले भने आर्जनको बाटो गुमाउन चाहेनन् ।

परिवारलाई थाहै नदिइ लुकेर सडकमा सफाइ गर्न आएको महर्जनले बताए। बेरोजगार बस्नु भन्दा पाएको काम गर्नुपर्छ भन्ने उनको बुझाइ छ । ‘परिवारले भने सडकमा रोजगार गर्दा लाज हुने मान्यता राख्छन्’, महर्जनले भने, ‘मुख छोपेर कसैले न देख्ने गरी काम गर्छु । छोरोछारीले थाहा पाए भने गाली गर्छन् ।’

कामपाले बाढीका कारण फोहर बनेको सहर, बाटो, बगैँचालगायत स्थान सफा गर्न कामदार खटाएको छ । महानगरले श्रम बैंक खोलेर बेरोजगारलाई रोजगार दिने कार्य सञ्चालन गरेको हो । गत साउन, भदौ, असोज र कात्तिकमा श्रम बैंकबाट रोजगार लिने छ सय ४७ जना रहेका महानगरको श्रम बैंक शाखा प्रमुख पवनकुमार ठाकुरले जानकारी दिए । उनका अनुसार तीमध्ये ४६ जना अपांगता भएका कामदार छन् ।

शाखा प्रमुख ठाकुरले रोजगार लिनेमा महानगरको सरसफाइ व्यवस्थापनदेखि सिभिल इञ्जिनियर पदसम्म रहेका बताए । अधिकांश काम सडक, सहर र बाटोघाटो सरसफाइमा जनशक्ति सक्रिय रहेका उनले उल्लेख गरे ।

तथ्यांक छुट्याएर नराखिए पनि महानगरको सरसफाइ व्यवस्थापनमा महिला जनशक्ति बढी रहेको ठाकुरले बताए । ‘पुरुष महिला सङ्ख्या छुट्याएका छैनौँ तर, सरसफाइको काममा महिला कर्मचारी बढी हुनुहुन्छ’, उनले भने, ‘महानगरको सफाइमा उनीहरुको योगदान बढी छ ।’

काठमाडौँ महानगरपालिकाको महिला समूह परिचालन गर्ने भवानी कपालीका अनुसार सरसफाइमा महिला कामदार सजिलै पाउने गरिएको छ । महिला समूहमा पुग्दा उनीहरुले महानगरको रोजगारबारे जानकारी दिँदा महिला बढी प्रोत्साहन हुने भएकाले सहभागिता पनि बढी देखिएको उनले बताए ।

‘कतिपय श्रीमान् घरमा समय खेर फाल्न रुचाउँछन्, सरसफाइ जस्ता काममा आउन नचाहेएको बुझेकी छु’, कपालीले भने, ‘त्यो भनेको पितृ सत्तात्मक धारणाको असर हो भन्ने मेरो बुझाइ छ ।’

समूहमा स्थलगत अवलोकनमा जाँदा आफूले महानगरमा रोजगारका लागि निवेदन दिनु भनेर सिकाउने गरेको महिला समूह परिचालिका कपालीले बताए । धेरै महिलाले सरसफाइका काम गर्न अघि सरे पनि पुरुष कम मात्रामा रुचि देखाउने गरेका उनको अनुभव छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima