Skip to content

राष्ट्रपति पौडेललाई कोप–२९ मा उठाउनुपर्ने विषयका सन्दर्भमा सांसदको सुझाव

nabil
global ime

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिनिधिसभाका कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिका सभापति एवं सांसदहरूले जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२९) मा नेपालका तर्फबाट उठाउनुपर्ने विषयका सन्दर्भमा सुझाव दिएका छन् ।

समितिका सभापति एवम् सदस्यहरूले राष्ट्रपति भवन शीतल निवासमा आज राष्ट्रपति पौडेललाई भेटेर सुझाव दिएका हुन् । उनीहरूले जलवायु परिवर्तनका असरका कारण नेपालले भोग्नुपरेका जोखिम न्यूनीकरणका सम्बन्धमा राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रियस्तरमा व्यक्त गर्दै आएका विचार सराहनीय रहेको बताएका थिए।

त्यसअवसरमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, राज्यमन्त्री रुपा विक, प्रतिनिधिसभाका कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुम थापामगर, पूर्वाधार विकास समितिका सभापति दिपक सिंह र दुवै समितिका सदस्यहरूको सहभागिता रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

कोप–२९ यही कात्तिक २६ गतेदेखि मङ्सिर ७ गतेसम्म अजरबैजानको बकुमा हुँदै छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima