Skip to content
Prabhu

देशका विभिन्न ठाउँका जलाशयमा छठको रौनक (फोटोफिचर)

nabil

काठमाडौं । बिहीबार साँझ  देशका विभिन्न ठाउँका जलाशयमा छठ पर्वको मुख्य दिन ब्रतालुले अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ दिएका छन् ।

बिहीबार काठमाडौंका छठघाटहरुमा पुगेका ब्रतालुले छठको पूजा गरी सूर्यको उपासना गरेका छन् । बिहीबार सूर्यास्तअघि नै ब्रतालुहरु काठमाडौंको कमलपोखरी, गौरीघाट, जनकपुर, धनुषा र महोत्तरीलगायतका छठघाटमा पुगेर आआफ्नो छठघाट सजाइसकेका थिए । त्यसपछि अस्ताउँदो सूर्यलाई अर्घ दिए ।

कतिपय ब्रतालु बिहीबार रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिन्छन् ।

काठमाडौंमा बसोबास गर्दै आएका तराईबासीले यहीँका छठघाटमा पूजा आराधना गर्दै आएका छन् । काठमाडौंका बागमती, विष्णुमतीलगायत नदीमा ठाउँठाउँमा छठ पूजास्थल बनाइएको छ भने कमलपोखरीलगायतका जलासयमा पनि छठपूजा गरिएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal