Skip to content
Prabhu

व्यास नगरपालिकाले जग्गा वर्गीकरण नटुंग्याउँदा राजस्व संकलनमा असर

nabil

तनहुँ । यहाँको व्यास नगरपालिका कार्यालयले जग्गा वर्गीकरणको काम नटुङ्ग्याउँदा राजस्व सङ्कलनमा असर परेको छ । गत साउनदेखि जग्गा वर्गीकरणको काम रोकिँदा राजस्व सङ्कलनमा कमी आएको हो ।

कृषिको जग्गालाई कृषिमा र आवासीय जग्गालाई आवसीयमा राख्ने गरी वर्गीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको व्यासका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए । यसअघि कृषियोग्य र आवासीय जमिनको लिखित अभिलेख थिएन्’, उनले भने, ‘कार्यपालिका बैठकले आगामी मङ्ङिसरभित्र वगीृकरण टुङ्ग्यिाउने योजना बनाएको छ ।’ नगरपालिकामा जग्गा वर्गीकरण सम्पन्न नहुँदा किनबेच कार्य प्रभावित भएको भन्दै मालपोत कार्यालयमा राजस्व संकलनमा कमी आएको गैरेले बताए।

१० पालिका रहेको जिल्लामा अन्य पालिकाको तुलनामा व्यासमा जग्गाको कारोबार बढी हुने गरेको मालपोत अधिकृत केशवराज सुवेदीले जानकारी दिए । धितो बन्धक र राजीनामा गरी दिनमा ३० वटासम्म काम हुने गरेको छ’, उनले भने, ‘जग्गा वर्गीकरण गरी खुला गरेको अवस्थामा दिनमा ४५ वटासम्म काम गर्न सकिनेछ ।’

कार्यालयका अनुसार गत आर्थिक वर्षको साउनदेखि असोजसम्म ८ करोड ७८ लाख ९६ हजार सात सय १४ रुपैयाँ राजस्व संकलन भएकामा चालु आवको सोही अवधिमा ६ करोड २८ लाख ६८ हजार पाँच सय ४९ रुपैयाँ गरेको छ । गत आवको तुलनामा चालु आवमा दुई करोड ५० लाख २८ हजार एक सय ६५ रुपैयाँ राजस्व सङ्कलनमा कमी आएको कार्यालय प्रमुख सुवेदीले जानकारी दिए।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal