Skip to content
Prabhu

नमोबुद्धका ८४५ परिवारलाई राहत वितरण

nabil

काभ्रेपलाञ्चोक । जिल्लाको नमोबुद्ध नगरपालिकाका आठ सय ४५ बाढीपहिरो पीडित परिवारलाई राहत विरतण गरिएको छ । संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) द्वारा प्राप्त रकमबाट प्रभावित परिवारलाई राहत वितरण गरिएको नगर कार्यालयले जनाएको छ ।

युनिसेफले नगरलाई एकमुष्ठ उपलब्ध गराएको १ करोड ५० लाख ४० हजार पाँच सयबाट नगरले वडागत रूपमा पीडित परिवारलाई राहत रकम प्रदान गरिएको प्रदान गरिएको नगरप्रमुख कुन्साङ लामाले बताए । ‘मङ्गलबारदेखि ६ नं वडाबाट राहत प्रादन गर्न सुरु गरेका थियौँ, बुधबारदेखि सबै वडामा क्रमशः वितरण गरिरहेका हौँ,’ उनले भने । नगरप्रमुख लामाका अनुसार नगरभित्रका पीडित प्रतिपरिवारले रु १५ हजार तथा तीन सय ९२ परिवारले रु २० हजारका दरले राहत पाउने छन् ।

युनिसेफबाट उपलब्ध गराइएको रकम पाएका परिवारले संघीय सरकारबाट घोषित अल्पकालीन राहत (पाँच जनासम्मको परिवारलाई रु १५ हजार र पाँचभन्दा बढी सदस्य भएका परिवारलाई रु २० हजार) भने तत्काल उपलब्ध नगराइने नगरप्रमुख लामाले उल्लेख गरे । सरकारको नीति अनुसार पीडितलाई राहत प्रदान गरिएको उनले बताए ।

युनिसेफको नेपालका प्रमुख एलिस अकुङ्ले मङ्गलबार वडा नं ६ का पीडितलाई राहत प्रदान गरी कार्यक्रमको सुरुआत गरेका थिए । बाढीपहिरोले नगरका पाँच सय ३० घर पूर्ण र तीन सय १५ घर आंशिक रूपमा क्षति भएका जनाइएको छ । नगर कार्यालयका अनुसार बाढीपहिरोबाट तीन हजार तीन सय ८५ जना प्रभावित भएका छन् । नगरको एक विद्यालय पूर्ण र ४७ विद्यालयमा आंशिक क्षति पुगेको छभने एक सय १९ खानेपानी आयोजनामा क्षति पुगेको नगरप्रमुख लामाले जानकारी दिए ।

युनिसेफले यसअघि जिल्लाको बेथानचोक गाउँपालिकाको दुई वडाका दुई सय ६९ र मण्डनदेउपुर नगरपालिकाका करिब ९ परिवारलाई राहत रकम उपलब्ध गराइसकेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal