Skip to content
Prabhu

सीजी मोटर्सको अत्याधुनिक सर्भिस सेन्टर ललितपुरको बागडोलमा

nabil

काठमाडौं । नेपाली विद्युतीय सवारी साधन वितरक सीजी मोटर्सले आफ्नो सेवा र सञ्चालनको दायरा विस्तार गर्दै ललितपुरको बागडोलमा अत्याधुनिक सेवा केन्द्र उद्घाटन गरेको छ । यो काठमाडौं उपत्यकामा सीजी मोटर्सद्वारा स्थापना गरिएको दोस्रो सेवा केन्द्र हो ।

साथै, च्यानल पार्टनरहरूलाई समेट्दै काठमाडौंमा अब चारवटा सेवा केन्द्र पुगेको सीजी मोटर्सले जनाएको छ । उक्त अत्याधुनिक सेवा केन्द्रको उद्घाटन सीजी समूहका अध्यक्ष तथा संघीय सांसद विनोद चौधरीले गरे । उद्घाटन कार्यक्रममा सञ्चारकर्मीहरू, सीजी मोटर्सका प्रतिनिधि तथा ग्राहकहरूको उपस्थिति रहेको थियो । २२ स्थानहरूमा बलियो बिक्री र डिलर नेटवर्क रहेको सीजी मोटर्सले यस सेवा केन्द्रको उद्घाटन मार्फत ग्राहक सेवा र अनुभवलाई बिक्रीसँगै उच्च प्राथमिकतामा राखेको पुष्टि गरेको जनाएको छ ।

साथै, सीजी मोटर्सले विद्युतीय गतिशीलतामा आफ्नो विशेषज्ञता विस्तार गर्दै ग्राहक अनुभव सुधार गर्न चार्जिङ पोइन्टहरूमा लगानी गरिरहेको छ । हाल, सीजी मोटर्सले नेपालभर २०० भन्दा बढी सीसीएस २ र जिबिटी चार्जिङ पोइन्टहरूका साथ सर्वाधिक चार्जिङ पोइन्टहरूको संख्या राखेको छ र थप १०० भन्दा बढी स्थानमा चार्जिङ पोइन्टहरू बिस्तार गर्ने लक्ष्य लिएको छ ।

नयाँ सीजी सेवा केन्द्रले सीजी मोटर्स अन्तर्गत वितरण गरिएका विभिन्न ब्रान्डहरू जस्तै आयोन, एक्सपेंग, स्मार्ट, नेटा, रिडडारा, डायुन आदिलाई सेवा प्रदान गर्ने जनाएको छ । कम्पनीले “सीजी केयर्स सेवा” पनि सुरू गरेको छ, जसअन्तर्गत +९७७ ९७०७०९४२०७ हटलाइन नम्बरमार्फत २४/७ सडक सहायता उपलब्ध गराइनेछ । अहिले नेपालभर २१ भन्दा बढी सेवा केन्द्रहरूसहित, सीजी मोटर्सले दक्ष र विशेष सेवा ग्राहकहरूलाई निरन्तर रूपमा उपलब्ध गराउँदै आएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal