Skip to content
Prabhu

लाभांश प्रस्ताव पारित गर्न एनआरएन इन्फ्रास्ट्रक्चरले बोलायो साधारणसभा

nabil

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले वार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीले १२ औँ वार्षिक साधारणसभा पुस १२ गतेका लागि बोलाएको हो ।

कम्पनीको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको थिरबम सडकस्थित आम्रपाली व्यान्क्वेटमा बिहान ९ बजे सभा बोलाएको हो । सभामा हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पेश गरिनेछ ।

साथै लाभांश वितरणपछि कायम हुने चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासनका लागि नियामक निकायबाट स्वीकृति पाएपछि निष्कासनका लागि सिफारिस सहित आगामी वार्षिक साधारणसभामा पेश गर्ने र ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि तय गरिएको छ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर २१ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । यसका आधारमा मंसिर २० गतेसम्म कायम सेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal