Skip to content
Prabhu

नेपाल प्रिमियर लिग : लुम्बिनी लायन्सलाई हाइलाइफको साथ

nabil

काठमाडौं । नेपाल प्रिमियम लिग टोली लुम्बिनी लायन्सलाई हाइलाइफले साथ दिएको छ । हाइलाइफले क्रिकेटको प्रबर्दद्धन गर्न सहयोगी हुने अपेक्षासहित लुम्बिनी लायन्ससँग जोडिएको हो ।

पछिल्लो सयम नेपाली युवाहरु माझ हाइलाइफ निकै लोकप्रिय बन्दै गइरहेको छ । यसको प्रयोगकर्ताहरु पनि पछिल्लो सयम निकै बढ्दै गएका छन् । नेपालमा पछिल्लो समय क्रिकेट निकै लोकप्रिय बनिरहेको छ । सन् २०२४ को विश्वकपमा छनोट भएसँगै नेपाली युवाहरुमाझ क्रिकेट अझ लोकप्रिय बन्दै गइरहेको छ ।

क्रिकेटको लोकप्रियतालाई बढाउनका लागि नेपाल प्रिमियर लगिले पनि थप सहयोग गर्ने छ । विश्व प्रसिद्ध टेलिभिजन स्टार स्पोर्टले प्रत्यक्ष प्रसारण गर्ने यो प्रतियोगिताले नेपालमा क्रिकेटको विकासमा थप टेवा पुग्ने विश्वास लिइएको छ । नेपाली क्रिकेटको महाकुम्भ मेलाका रुपमा आयोजना हुन लागेको प्रतियोगितामा लुम्बिनी लाइन्ससँग सहकार्य गर्न पाउदा थप उत्साह थपिएको हाइलाफिले जनाएको छ । यस्ता सहकार्यले क्रिकेटको विकास र श्री वृद्धिमा सहयोग पुग्ने कम्पनीको विश्वास छ ।

आम नेपालीहरु माझ लोकप्रिय बनिरहेको खेल क्रिकेटलाई थप प्रबर्द्धन गर्नका लागि हाइलाइफले नेपाल प्रिमियर लिग टोलि लुम्बिनी लायन्ससँग सहकार्य गरेको जनाएको छ । लुम्बिनी लाइन्सको मार्कि खेलाडीमा रुपमा नेपाली टोलीका कप्तान रोहित कुमार पौडेल रहेका छन् । यो टोली पहिलो संस्करणको एनपिएलको उपाधि दाबेदार टोली समेत हो ।

लुम्बिनी लायन्ससँगको सहकार्यले नेपालको क्रिकेट र स्वस्थकर खाद्यान्यका लागि प्रबर्द्धन गर्न सकिने विश्वास हाइलाइफले लिएको छ । नेपालको खाद्य उद्योगमा पछिल्लो समय हाइलाइफ चर्चित स्थापित ब्रान्ड हो । हाइलाइफ ब्रान्डका चिउरा, कर्नफ्लेक्स, ओट्स, चिया सिड्स, सोयाविन, ग्रीन टीलगायतका प्रडक्ट बजारमा लोकप्रिय छन् ।

कम्पनीले चिजबललगायतका स्न्याक्सहरु पनि बजारमा उपलब्ध गराइसकेको छ । पछिल्लो समय विदेशमा समेत रुचाइने प्रोडक्टमा पर्छ । अमेरिका, युरोप, जापान, अस्ट्रेलिया लगायतका देशमा हाइलाइफको उत्पादन निर्यातसमेत हुँदै आएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal