काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले पुरानो लाभांश लिनका लागि सेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले पाँच वर्षभन्दा पुरानो लाभांश बुझिलिन सेयरधनीलाई आग्रह गरेको हो ।
कम्पनीले ३१ औं वार्षिक साधारण सभाबाट पारित लाभांश लिन बाँकी रहेका सेयरधनीलाई एक महिनाभित्र सम्पर्क गर्न आग्रह गरेको हो । सेयरधनीले कमलपोखरीस्थित लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा सम्पर्क राखी लाभांश लैजान सक्नेछन् ।
कम्पनीले तोकिएको अवधिभित्र लाभांश लिन नगएमा रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्