Skip to content

पोखराको बाँझो जग्गामा व्यावसायिक रुपमा कागतीखेती

nabil bank

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिका ध्रुवपुरका हरिप्रसाद त्रिपाठीले बाँझो जग्गामा यसै वर्षदेखि कागतीखेती सुरु गरेका छन् ।

गाउँबेंसी एकीकृत कृषि केन्द्रका सञ्चालकसमेत रहेका उनले व्यावसायिक रुपमा कागतीखेती सुरु गरेको बताउँदै हाल २६ रोपनी क्षेत्रफलमा पाँच सय ८४ ‘तेह्रथुमे’ जातका कागतीका बिरुवा हुर्किरहेका जानकारी दिए।

कागतीखेतीका लागि उनले पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना, आयोजना कार्यान्वयन एकाइ गण्डकी प्रदेशअन्तर्गत फलफूल बगैंचा स्थापना कार्यकमबाट अनुदान सहयोग पनि पाएका छन् ।

कार्यक्रमका लागि कुल लागत सात लाख ८१ हजार चार सय रुपैयाँ रहेकामा आयोजनाबाट तीन लाख ९० हजार सात सय रुपैयाँ स्वीकृत अनुुदान रहेको छभने तीन लाख ९० हजार सात सय रुपैयाँ त्रिपाठी स्वयंले व्यहोर्नुहुनेछ । कागतीको उत्पादन गर्दै आय बढाउने र यसबाट रोजगारी सिर्जना गर्ने उनको लक्ष्य छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi