Skip to content

राष्ट्रपति पौडेलसँग प्रधानमन्त्रीको भेट

nabil bank

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गरेका छन् । राष्ट्रपतिभवन शीतलनिवास पुगेर आज साँझ प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग भेट गरेका हुन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीले आफ्नो आसन्न चीन भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए । राष्ट्रपति पौडेलले प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताका लागि शुभकामना दिएको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । भेटमा प्रधानमन्त्री ओलीसँग परराष्ट्रमन्त्री डा आरजु राणा देउवा पनि सहभागी भएकी थिइन् । परराष्ट्रमन्त्री देउवाले आफूले हालै गरेको चीन भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराएकी थिइन् ।

यही मङ्सिर १७ गतेदेखि २० गतेसम्म प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै छिमेकी मित्रराष्ट्र चीन प्रस्थान गर्दै छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime