Skip to content

बीवाईडीले बेच्यो १ वर्ष नपुग्दै ३७ लाख गाडी

nabil bank

काठमाडौं । चिनियाँ विद्युतीय सवारी (ईभी) निर्माता बीवाईडीले एक वर्षको आफ्नो बिक्री लक्ष्य १ महिनाअघि नै पूरा गरेको छ । उक्त कम्पनीले सन् २०२४ मा ३६ लाख ईभी बिक्री गर्ने लक्ष्य राखेको थियो । तर, सो लक्ष्य कम्पनीले ११ महिनामै पूरा गरेको हो।

११ महिनामा बीवाईडीले ३७ लाख ४० हजार ९३० गाडी डेलिभर गरेको कारन्युज चाइनाले जनाएको छ । यो अघिल्लो वर्षको यसै अवधिको डेलिभरीको तुलनामा ४० प्रतिशतको वृद्धि हो ।

नोभेम्बर महिनामा मात्रै बीवाईडी ५ लाख ४ हजार ३ ईभी डेलिभर गरेको छ । यो गत वर्षको यसै महिनाको ३ लाख १ हजार ३ सय ७८ गाडी डेलिभरीको तुलनामा ६७.२ प्रतिशतको वृद्धि हो ।

बीवाईडीले नोभेम्बर महिनामा देशबाहिर ३० हजार ९ सय ७७ गाडी बिक्री गरेको छ । तीमध्ये २८ हजार १ सय ४१ गाडी निर्यात भइसकेको जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime