Skip to content

सानिमा मिडल तमोर हाइड्रोपावरको साधारणसभा पुस २३ गते

nabil bank

काठमाडौं । सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेडले आफ्नो ९ औँ वार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको मंसिर २० गते बसेको सञ्चालक समितिको बैठकले पुस २३ गतेका लागि सभा बोलाउने निर्णय गरेको हो ।

कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन । उपयुक्त अन्य कम्पनीसँग मर्जरका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव सभाका लागि तय गरिएको छ ।

सभा प्रयोजनार्थ कम्पनीले पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १० गतेसम्म कायम सेयरधनी सभामा भाग लिन योग्य हुनेछन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime