Skip to content

टुरिजम सिस्टहुड नेपालको अध्यक्षमा मलेखु चयन

nabil bank

काठमाडौं । पर्यटन क्षेत्रमा कार्यरत महिलाको साझा संस्था ‘टुरिजम सिस्टहुड नेपाल एसोसिएसन’को अध्यक्ष पदमा जुनु मलेखु निर्वाचित भएका छन् । एसोसिएनको शुक्रबार साँझ सम्पन्न छैटौं वार्षिक साधारणसभा एवं निर्वाचनबाट मलेखुको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । क्याथे प्यासिफिक एयरलाइन्सको नेपाल प्रमुख मलेखु डेढ दशकभन्दा बढी समयदेखि पर्यटन क्षेत्रमा क्रियाशील छन् ।

यस्तै, उपाध्यक्षमा रोजीना रञ्जित, महासचिवमा पावना श्रेष्ठ, सचिवमा वेञ्जु मुखिया र सदस्यहरुमा केविना पाल अधिकारी, प्रज्ञा शर्मा, युविका भण्डारी, हेमा श्रीपाली र सुचिता जोशी निर्वाचित भएका छन् ।

सन् २०१८ मा नौ जनाबाट सुरु भएको सो एसोसिएसनले पर्यटन क्षेत्रमा कार्यरत महिलालाई सशक्त बनाई नेतृत्व विकासमा काम गर्दै आएको नवनिर्वाचित अध्यक्ष मलेखुले बताए । उक्त एसोसिएसनमा हाल ५० भन्दा बढी महिला आबद्ध छन् ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटनको नयाँ गन्तव्य खोज्नका लागि टुरिजम सिस्टहुड नेपाल एसोसिएसनले महत्वपूर्ण भूमिका खेलेको बताए। उनले नेपाल पर्यटन बोर्ड एसोसिएसनसँग सहकार्य गरेर पर्यटन प्रबर्द्धनमा लाग्नेसमेत उल्लेख गरे ।

नेपाल एसोसिएसन टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)का अध्यक्ष कुमारमणि थपलियाले पछिल्लो समय पर्यटन क्षेत्रमा महिलाको सहभागिता बढ्दै गएको भन्दै अब नेतृत्वदायी भूमिकामा समेत महिला पुग्नुपर्ने बताए । हिमालयन एयरलाइन्सका उपाध्यक्ष विजयबहादुर श्रेष्ठले आन्तरिक पर्यटन बलियो भएमात्र देशको अर्थतन्त्र बलियो हुने भन्दै आन्तरिक पर्यटन प्रबर्द्धनमा सबै लाग्नुपर्ने बताए ।

कार्यक्रममा एसोसिएसनका निवर्तमान अध्यक्ष अनुपा बुढाथोकीले पर्यटन क्षेत्रमा कार्यरत महिलाको क्षमता अभिवृद्धि गर्दै दिगो र जिम्मेवार पर्यटन निर्माण गर्न एसोसिएसनले काम गर्दै आएको बताए । ‘पर्यटन क्षेत्रमा महिलाको न्यून सहभागिता भएका अवस्थामा यस क्षेत्रमा महिला सहभागिता बढाउन आवश्यक छ’, उनले भने ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime