Skip to content

अपि पावरको  नाफा करोडमा

nabil bank

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको नाफा करोडमा पुगेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवका लाखमा रहेको नाफा चालु आवमा करोडमा पुगेको हो ।

वित्तीय विवरण अनुसार कम्पनीले चालु आवको पुस मसान्तसम्ममा ३१ करोड १६ लाख रुपैयााँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा २१ लाख ४३ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी बढेसँगै खुद नाफा पनि सुधार देखिएको हो । समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ३८.३८ प्रतिशत बढेर ८५ करोड ८० लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कम्पनीको कुल नाफा ३३.६६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २२९.११ प्रतिशत बढेको छ । कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा ५७.९९ प्रतिशत बढेको छ ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि उल्लेख्य बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १० रुपैयाँ १९ पैसा बढेर १० रुपैयाँ २६ पैसा पुगेको छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ १८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २५.८३ गुणा रहेको छ ।

६ अर्ब ७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको अन्य इक्विटी ५५ करोड ७६ लाख रुपैयाँ रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime