अछाम । जिल्लाको मेल्लेख गाउँपालिका–५ को कौलेनामा पहिरो झरेर पुरिँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । आज दिउँसो ढुङ्गा निकाल्ने क्रममा एक्कासि माथिबाट पहिरो झर्दा मेल्लेख–५ का ६३ वर्षीय नरबहादुर खड्काको घटनास्थलमा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरी भण्डारीका अनुसार सोही पहिरोमा परी मृततका भतिजा ४८ वर्षीय भीमबहादुर खड्का घाइते भएका छन् । घाइतेको कम्मर र शरीरको पछाडिको भागमा चोट लागेको प्रहरीले जनाएको छ । प्रनाउ भण्डारीले उनलाई थप उपचारको लागि मेल्लेख गाउँपालिकाको एम्बुलेन्समार्फत न्याय हेल्थ अस्पताल बयालपाटा पठाइएको बताए । उनका अनुसार प्रहरी सहायक निरीक्षक विष्णुप्रसाद लामिछानेको नेतृत्वमा प्रहरी टोली खटाएर घटनाबारे थप अनुसन्धान थालिएको छ ।






प्रतिक्रिया दिनुहोस्