Skip to content

प्रचण्डलाई विश्वप्रकाशको जवाफ : आफूले ल्याउँदा मूल बाटो, अरूले ल्याउँदा चोरबाटो ?

nabil bank

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अरूले अध्यादेश ल्याउँदा चोरबाटो आफूले ल्याउँदा मूलबाटो हुन्छ ? भन्दै प्रश्न गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले कांग्रेसले विषय र परिस्थिति अनुसार निर्णय गर्ने गरेको सुनाए ।

‘हिजो प्रतिपक्षमा छँदा वर्तमान प्रधानमन्त्री नै प्रधानमन्त्री भएका बेला जुन अध्यादेशका विरूद्ध संवैधानिक परिषद् भत्कने गरी आएको अध्यादेशको कांग्रेसले विरोध गरेको सम्झना छ,’ उनले भने, ‘कुनै अध्यादेशलाई विरोध नगरेको र शान्त ढंगले सघाएको कुरा देशलाई कमै सम्झना छ ।’ उनले गएको वैशाख २८ गते कांग्रेस प्रतिपक्षमा हुँदा पनि प्रचण्ड नेतृत्वको सरकारले ल्याएको लगानी सम्मेलन सम्बन्धी अध्यादेशलाई कांग्रेसले समर्थन गरेको सुनाए । शर्माले अहिले आएको भूमिसम्बन्धि अध्यादेशका सम्बन्धमा विवादस्पद विषय भए प्रतिस्थापन विधेयकबाट सच्याउने गरी जानुपर्ने बताए ।

२४ गतेको बैठकमा प्रचण्डले चोर बाटोबाट अध्यादेश ल्याएको टिप्पणी गरेका थिए । त्यस्तै प्रचण्डले सरकार अप्राकृतिक भनेकोप्रति पनि शर्माले जवाफ दिए । ‘कांग्रेस र माओवादी मिलेर सरकार बनाउँदा कसरी प्राकृतिक थियो ? कांग्रेस र एमाले मिलेर बनाउँदा कसरी अप्राकृतिक भयो ? गठबन्धनको सरकार बन्नु भनेको समयको, गणीतिय बाध्यता हो । सबै प्राकृतिक भनेर हामी पनि दाबी गरिरहेका छैनौं,’ उनले भने ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime