Skip to content

दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सहित १४ जना विरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामबहादुर बुढा सहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीहरूले गैरकानुनी लाभ तथा हानी पु¥याई १० लाख २२ हजार ४१३ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियारले मुद्दा दायर गरेकामा गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बुढा, इन्जिनियर सरोज दाहाल, सव–इन्जिनियर नविनकुमार वि.सी., लेखा अधिकृत दिनेश दाहाल, लेखापाल राज कसेरा र योजना शाखा प्रमुख अधिकृत मदनप्रकाश मल्ल छन् ।

यस्तै, गुराँस गाउँपालिका–६ का वडाध्यक्ष हिमबहादुर वली, भिउचुला बगौरा पुलिया सडक स्तरोन्नति कार्य उपभोक्ता समितिका अध्यक्ष गगन सिंह खत्री, सचिव गोविन्द बहादुर वली, कोषाध्यक्ष नन्दा राना, ठेकेदार हिम्मत वली, अनुगमन समितिका संयोजक इन्द्रजित वि.सी., सदस्य हस्ता विंसी. र सदस्य विजयबहादुर वलीविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

गुराँस गाउँपालिका–६ स्थित भिउचुलादेखि पुलिया सडक निर्माण कार्यमा लागत अनुमान अनुसार काम नगरी नक्कली बिल भरपाई बनाई रकम हिनामिना गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धान हुँदा उनीहरूले आफूखुसी उपभोक्ता समिति खडा गर्ने, नक्कली बिल भरपाई तयार गर्ने, योजनामा बढी मूल्यांकन गराई भुक्तानी दिने काम गरेको पाइएको अख्तियारले जनाएको छ । आइतबार दायर गरिएको मुद्दामा प्रत्येकसँग १० लाख २२ हजार ४१३ रुपैयाँ ८९ पैसा बिगो दाबी गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi