काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । अघिल्ला दुई दिन घटेको सेयर बजार आज १ दशमलव ०३ अंकले बढेर २६११ दशमलव ४३ विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा १२० कम्पनीको सेयर मूल्य बढेको छ भने १२६ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव १३ अंकले बढेर ४४० दशमलव २६ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ८ उपसूचकको सेयर मूल्य घटेको छ भने ५ वटाको सेयर मूल्य बढेको छ ।
आज सेयर बजारमा परिसूचकसँगै कारोबार रकममा पनि सुधार भएको छ । अघिल्लो दिन ७ अर्ब ६३ करोड माथिको कारोबार भएको बजारमा आज ८ अर्ब ७४ करोड ७६ लाख ६८ हजार ८४६ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३१८ कम्पनीका २ करोड ५ लाख ४२ हजार ७६४ कित्ता सेयर ८० हजार ५४ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो ।
आज सेयर बजारमा ३ कम्पनीमा सकारात्मक सर्किट लागेको छ भने एउटा कम्पनीमा नकारात्मक सर्किट लागेर कारोबार भएको छ ।






प्रतिक्रिया दिनुहोस्