Skip to content

चाँदनी दोधरामा सुक्खा बन्दरगाह बन्ने निश्चित, सुदूरपश्चिमबाट निर्यात बढ्छः गजुरेल

nabil bank

काठमाडौं ।  सुदूरपश्चिममा चाँदनीदोधरामा अब भने सुक्खा बन्दरगाह बन्ने निश्चित भएको छ । यो योजना बन्ने भनेर करिब २० वर्ष अघिदेखि चर्चा भएको थियो ।

भारत सरकारले प्राविधिक र आर्थिक सहयोगमा चाँदनीदोधरा बन्दरगाह, एकीकृत जाँच चौकी निर्माण हुन लागेकोे नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए । उनका अुनसार समितिमार्फत जग्गा उपलब्ध गराएर इआईए सकेर अहिले रूख कटानको काम सुरु भइसकेको छ । यो आयोजना ४२ हेक्टर जग्गामा बन्ने उनको भनाइ छ । अहिले टेन्डर निस्केर ठेक्का समेत लागिसकेको छ ।

अब ठेकेदार कम्पनीलाई निर्माण सुरू गर्नुहोस भनेर पत्राचार गर्नका लागि अहिले मन्त्रालयमा पत्र पठाएको र मन्त्रालयबाट पत्र आएपछि निर्माण कम्पनीलाई निर्माण प्रकृया अघि बढाउन अनुमति दिने उनको भनाइ छ । यो कामले स्थानीय खुसी भएको उनले बताए । यसले शुदुरपश्चिमबाट निर्यात हुने र नेपाललाई विकासको मोडलमा लैजान सहयोग पुग्ने गजुरेलले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime