काठमाडौं । चीनतर्फ भीषण वर्षासँगैको आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ ।
रसुवा हुँदै चीनतर्फ आवतजावत रोकिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए । उनका अनुसार रसुवा जिल्ला गोसाइकुण्ड गाँउपालिका रसुवागढीस्थित नेपाल चीन जोडने मितेरी पुल गएरातिको बाढीले पुल बगाएको हो ।
बाढीले टिमुरेमा रहेको भन्सारको यार्ड (ड्राइपोट) मा रहेका करिब १५० वटा भन्दा बढी गाडीमध्ये अधिकांश बाढीले क्षति पुर्याएको छ । मालबाहक कन्टेर समेत बगाएको छ ।
थप क्षतिको विवरण आउन सकेको छैन ।






प्रतिक्रिया दिनुहोस्