Skip to content

दुसित थानी हिमालयन रिसोर्टले आईपीओ निष्कासन गर्ने

nabil bank

काठमाडौं । ओमस्टोन होटेल्स लिमिटेड (दुसित थानी हिमालयन रिसोर्ट) र सिटिजन्स क्यापिटल लिमिटेडबीच साधारण सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतामा ओमस्टोन होटेल्सको तर्फबाट प्रबन्ध निर्देशक रमेश कुमार हमाल र सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सिटिजन्स क्यापिटलले दुसित थानी हिमालयन रिर्सोट (ओमस्टोन होटेल्स लिमिटेड) को प्राथमिक सेयर सार्वजनिक निष्कासनका लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

सन् २०२३ को चौथो त्रैमासदेखि संचालनमा आएको दुसित थानी हिमालयन रिर्सोट काभ्रेपलाञ्चोक स्थित पात्लेखेत, धुलिखेलमा अवस्थित लेजेन्ड्री थाइ होटल लक्जरी रिसोर्ट हो ।

हिमालय र उपत्यकाको मनोरम दृश्यहरूसहितको पहाडको शिरमा रहेको दुसित थानी हिमालयन रिर्सोट अन्तरास्ट्रिय ब्रान्डको संरचना र प्रविधि मापदण्डमा निर्मित छ ।

दुसित थानीले नेपालसहित विभिन्न १८ वटा देशमा आतिथ्य सेवा प्रदान गर्दै आईरहेको छ । नेपालमा दुसित थानी हिमालयन रिर्सोट (ओमस्टोन होटेल्स लिमिटेड) ले यसको प्रतिनिधित्व गरेको छ ।

राजधानी काठमाडौंबाट करिब ३८ किलोमिटरमा रहेको दुसित थानी हिमालयन रिर्सोटमा शान्तपूर्ण तथा रमणीय वातावरणमा विभिन्न संघ–संस्थाहरुले आफ्नो सम्मेलन, सेमिनार तथा कार्यक्रमहरु पनि गर्ने गरेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime