Skip to content

प्रिओपन सेसनमा नेप्से साढे २ अंकले घट्यो

nabil bank

काठमाडौं । प्रिओपन सेसनमा नेप्से परिसूचक साढे २ अंक घटेको छ। बुधबार १५.६४ अंक घटेर २७२६.३३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.५१ अंक घटेर २७२३.८१ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०२ अंक बढेको छ।

बिहीबार प्रिओपन सेसनमा ३६ स्टकको ६७ पटकको कारोबारमा ३ करोड ७१ लाख ३ हजार ३७७ रुपैयाँ ८० पैसाबराबरको २३ हजार २७१ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये ८ स्टकको मूल्य बढेको छ भने २७ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime