काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एकसचञ्ज (नेप्से) ६.५५ अंकले घटेर २७१९.७७ बिन्दुमा पुगेर बन्द भएको हो । आज सेन्सेटिभ इण्डेक्स १.११ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२६ अंक घटेको छ।
आज ३ सय १७ कम्पनीको १ कारोड २७ लाख १ हजार ९७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १४ करोड ४३ लाख २२ हजार २ सय ५८ रुपैयाँ बराबरको कारोबार भएको छ । आज ८५ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ६५ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको स्थिर रहेको छ ।
हाज नेपाल रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३५ करोड ३५ लाख रुपैयाँ बराबर संकलन भएको छ भने कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ६ सय ६९.९० रुपैयाँ पुगेको छ ।
साथै, आज एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्य ३.८३ अंकले घटेको छ ।






प्रतिक्रिया दिनुहोस्