Skip to content

संयुक्त उर्जा कम्पनीले आईपीओ निष्कासन गर्ने

nabil bank

काठमाडौं । संयुक्त उर्जा कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ ।

आईपीओ निष्कासन गर्न लागेको कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।

संयुक्त उर्जा कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता सय रुपैयाँका दरले ४१ करोड ६० लाख रुपैयाँको ४१ लाख ६० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

उक्त सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ र संयुक्त उर्जा लिमिटेडका तर्फबाट प्रबन्ध संचालक गोपाल प्रसाद निउरेले हस्ताक्षर गरे ।
संयुक्त उर्जाले म्याग्दी जिल्लाको रघुगंगा गाउँपािलकामा रहेको २१.३ मेगावाट क्षमताको ठूलो खोला जलबिद्युत आयोजना निर्माण कार्य सम्पन्न भई व्यापारिक उत्पादन शुरु भईसकेको छ ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime