काठमाडौं । यसपत्री हाइड्रोपावर कम्पनीले निष्कासन गर्न लागेको हकप्रद सेयरको आकार घटाएको छ ।
कम्पनीले यसअघि १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने जनाएको थियो । तर, अहिले भने कम्पनीले १ः०.७४ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको जनाएको छ ।
कम्पनीले असार २१ गते ८औं वार्षिक साधारणसभाबाट कम्पनीको चुक्ता पुँँजीको १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ ।
विद्युत नियमन आयोगले भदौ २० गते कम्पनीलाई चुक्ता पूँजीको १ः०.७४ अनुपातमा हकप्रद सेयर निष्काशनका लागि पूर्वस्वीकृति दिएको छ ।






प्रतिक्रिया दिनुहोस्