Skip to content

ग्लोबल आइएमई लघुवित्तमा खुल्यो रोजगारी

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदहरूमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ। कम्पनीले विभागीय प्रमुखरसहायक (सूचना प्रविधि), विभागीय प्रमुखरसहायक (व्यवस्थापनरतालिम), प्रदेश प्रमुखरअनुगमन अधिकृत, शाखा प्रमुख र फिल्ड सहायक पदमा कर्मचारी माग गरेको हो।

तोकिएको योग्यता पूरा भएका इच्छुक व्यक्तिहरूले कात्तिक ९ गतेभित्र हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, बायोडाटा र नागरिकता, शैक्षिक योेग्यता लगायत आवश्यक प्रमाणपत्रहरूको प्रतिलिपि सहित कम्पनीको वेबसाइटमार्फत आवेदन दिनुपर्ने छ।

परीक्षा लिखित, प्रयोगात्मक र अन्तर्वार्ता मध्ये कुनै वा सबै लिन सकिने कम्पनीले जनाएको छ। साथै सवारी चालक अनुमति पत्र भएकालाई प्राथमिकता दिइने पनि सूचनामा उल्लेख गरिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

national life
MAK 4T
Arghakhachi