Skip to content

सेयर बजारमा सामान्य सुधार, तीन कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट

nabil bank

काठमाडौं । सेयर बजारमा सामान्य सुधार आएको छ । बजार मापन गर्ने सूचक ९.६१ अंकले बढेर परिसूचक २६६५.६० बिन्दु कायम भएको छ ।

३२२ कम्पनीको १ करोड ३६ लाख २० हजार ८३८ कित्ता सेयर ६ अर्ब ६९ करोड २९ लाख ७१ हजार ९५ रुपैयाँमा कारोबार भएको छ ।

कारोबारमा वित्त, लगानी, जीवन बीमा, निर्जीबन बीमा समूहको उपसूचक घटेको छ भने बाँकी अन्य समूहको उपसूचक बढेको छ ।

कारोबारमा १४२ कम्पनीको मूल्य बढेको छ भने १०४ कम्पनीको मूल्य घटेको छ । कारोबारमा झापा इनर्जी, सागर डिस्ट्रिलरी, स्वस्तिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनी पहिलो स्थानमा रहेको छ । कम्पनीको ६२ करोड ४३ लाख ४३ हजार २१५ रुपैयाँको कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम सिमेन्ट र हिमालयन डिस्ट्रिलरी रहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime