काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले जन्मजात अथवा कुनै भवितव्यमा परी आफ्नो हात वा खुट्टा गुमाउन पुगेका असहाय व्यक्तिहरूलाई १ लाख रुपैयाँ बराबरको कृत्रिम हात र खुट्टा प्रदान गरेको छ ।
रोटरी क्लब अफ नारायणगढले आयोजना गरेको उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिव नाथ पाण्डेले उक्त सामग्रीहरू हस्तान्तरण गरेका हुन् । कार्यक्रममा कम्पनीको डेपुटी सीईओ नीराजन कँडेल, एरिया म्यानेजर इसा प्रधान लगायतको उपस्थिति थियो ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले ५ वटा कृत्रिम खट्टाहरू र ३ वटा कृत्रिम हातहरू प्रदान गरेको थियो । जनताको दुःखमा कम्पनीको साथ रहेको र यस्ता खालका कार्यक्रमले कम्पनी सामाजिक उत्तरदायित्व बहन गर्ने एक जिम्मेवार कम्पनीको रूपमा प्रस्तुत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्