Skip to content
Prabhu

फागुन २४ गतेदेखि बीपीडब्लू र सामुदायिक लघुवित्तको १५ दिनसम्म सेयर कारोबार रोक्का हुने

काठमाडौं ।  बीपीडब्लू  र सामुदायिक लघुवित्तको सेयर कारोबार फागुन २४ गतेदेखि १५ दिनसम्म रोक्का हुने भएको छ । 

दुवै कम्पनीले फागुन ९ गते बुधबार सेयर कारोबार रोक्का गरिदिन आग्रह गर्दै नेप्सेलाई पत्र लेखेका छन् । ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९’ मा भएको व्यवस्थाबमोजिम सेयर कारोबार रोक्का गर्न लागिएको हो ।  

सामुदायिक र बीपीडब्लू लघुवित्त एक आपसमा मर्ज भएर फागुन २४ गतेबाट सामुदायिक लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु हुँदै छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal