Skip to content
Prabhu

सिद्धार्थ प्रिमियरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

 

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज बिहीबारसम्म कायम रहेका सेयरधनीहरुले लाभांश प्राप्त गर्न र साधारणसभामा भाग लिन पाउनेछन् । कम्पनीको बुक क्लोज फागुन १३ गते आइतबार गर्ने भएको हो ।

उक्त कम्पनीले फागुन २० गते ३०औं वार्षिक साधारणसभा बोलाएको छ । सो साधारणसभाले लगानीकर्ताहरुलाई ११ प्रतिशत नगद लाभांश  दिने निर्णय पास गर्ने छ ।

कम्पनीको चुक्ता पुँजी हाल २ अर्ब ८० करोड ६५ लाख ४९ हजार ९ सय रुपैयाँ रहेको छ । सो पुँजीको ११ प्रतिशतले हुन आउने ३० करोड ८७ लाख २० हजार ४ सय ८९ रुपैयाँ बराबरको नगद लाभांश दिने लागेको हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal