Skip to content
Prabhu

गरिमा क्यापिटललको ‘सित्तैमा’ डिम्याट र ‘मेरो सेयर’ खाता योजना

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले आफ्ना ग्राहकवर्गहरुको सुविधालाई मध्यनजर गरी ‘सित्तैमा’ डिम्याट र मेरो सयर खाता खोल्न सकिने गज्जबको योजना बजारमा ल्याएको छ । उक्त योजनाअन्तर्गत नेपाली नागरिकहरूले २०८१ साल असार मसान्तसम्म ‘सित्तैमा’ डिम्याट र मेरो सयर खाता खोल्न सक्नेछन् ।

ग्राहकहरुले यो सुविधा कमलपोखरी, काठमाडौंस्थित गरिमा क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय, गरिमा विकास बैंकका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरु, रिलायन्स फाइनान्स लिमिटेडका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरु र गरिमा क्यापिटलको वेबसाइट www.garimacapital.com मार्फत बिना झन्झट घरमै बसी खाता खोल्न सक्नेछन् । 

यो सुविधा लिन घरमै बसी गरिमाले  उपलब्ध गराएको गरिमा क्यापिटल रजिस्ट्रेसन लिंकमा गई सीधै ‘सित्तैमा’ डिम्याट र मेरो सेयर खाता खोल्न सकिने कम्पनीले जनाएको छ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal