काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक २६.८१ अंक घटेर १९७९.०२ विन्दुमा झरेको छ। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ५.७४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०४ अंक घटेको छ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। बिहीबार ३ अर्ब २० करोडको सेयर खरिदबिक्री भएको बजारमा आज ३१७ स्टकको ७१ हजार ८८० पटकको कारोबारमा ३ अर्ब ८ करोड ६९ लाख रुपैयाँ बराबरको ८५ लाख ४६ हजार कित्ता सेयर कारोबार भएको छ।
आज १३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.४० प्रतिशत बढेको छ। कारोबारमा आएको जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.४२ प्रतिशत घटेको छ भने बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, लगानी, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
प्रतिक्रिया दिनुहोस्