Skip to content
Prabhu

सर्वोत्तम सिमेन्टको आइपीओ आजदेखि, १८ हजार ४५ रुपैयाँ बैंक खातामा हुनुपर्ने

काठमाडौं । सर्वोत्तम सिमेन्टले सर्वसाधारणलाई आजदेखि साधारण सेयर(आइपीओ) बिक्री गर्ने भएको छ । 

कम्पनीले पहिलो पटक सर्वसाधारणलाई बुक बिल्डिङ प्रणालीबाट आइपीओ बिक्री गर्न लागेको हो । 

न्यूनतम ५० कित्ता र बढीमा १० हजार कित्तासम्म आइपीओमा आवेदन दिन सकिने छ । बुक बिल्डिङ प्रणालीबाट आएको आइपीओमा प्रतिकित्ता ३६० रुपैयाँ ९० तोकिएको छ । यसले हिसाबले ५० कित्ता न्यूनतम आवेदन दिनको लागि १८ हजार ४५ रुपैयाँ लाग्ने छ । २७ लाख ७६ हजार ७६ कित्ता सेयर निष्कासन गर्न लागेको हो । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal