Skip to content
Prabhu

नेप्से परिसूचक १३ अंकले बढ्यो, कारोबार २ अर्ब १ करोड

 

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव २८ अंकले उकालो लागेर एक हजार नौ सय ९२ दशमलव ३० मा पुगेको छ । 

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव १४ अंकले उकालो लागेर तीन सय ५५ दशमलव ९७ मा पुगेको छ । 

कारोबार भएका कूल १३ उपसमूह मध्ये तीन उपसमूहको सेयर  मूल्यमा गिरावट आउँदा १० उपसमूहको सेयर मूल्यमा भने उकालो लागेको छ । विभिन्न कम्पनीका कुल ५९ लाख ८८ हजार सात सय १७ कित्ता सेयर दुई अर्ब एक करोड ७७ लाख ३९ हजार ६० रुपैयाँ मूल्यमा खरिद बिक्री भएका छन् । 

नेप्सेका अनुसार कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा छ । सो कम्पनीको  नौ करोड ७१ लाख ८० हजार दुई सय २९ रुपैयाँ मूल्य बराबरको सेयर कारोबार भयो । 

हिमालयन रिइन्स्योरेन्स सात करोड ७५ लाख तीन हजार आठ सय २२ रुपैयाँ, शिवम् मिसेन्ट छ करोड ६७ लाख ६७ हजार पाँच सय २८ रुपैयाँ, गुर्खाज फाइनान्स छ करोड २६ लाख ६४ हजार १८ र सन नेपाल इन्स्योरेन्स छ करोड १८ लाख सात हजार नौ सय १८ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । 

नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजुको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । मनकामना स्मार्ट लघुवित्त आठ दशमलव १६, नेपाल वेयर हाउस कम्पनी सात दशमलव ६५, सोनापुर मिनरल्स सात दशमलव ३५ र सिवाइसी नेपाल लघुवित्तका लगानीकर्ताले छ दशमलव ७२ प्रतिशतले कमाएका छन् । 

यस्तै, समाज लघुवित्त १०, बिपीडब्ल्यू आठ दशमलव ७७, किसान लघुवित्त पाँच दशमलव ५६, गुर्खाज फाइनान्स पाँच दशमलव ३५ र ग्लोबल आइएमई ब्यालेन्स फण्ड पहिलोका लगानीकर्ताले तीन दशमलव ६० प्रतिशतले गुमाएका छन् । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal