Skip to content
Prabhu

नेप्सेले निकाल्यो मार्जिन कारोबारका लागि ११२ सूचीकृत कम्पनी योग्य

काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सोमबार मार्जिन कारोबारका लागि  योग्य सूचीकृत कम्पनीहरुको सूची सार्वजनिक गरेको छ । सार्वजनिक सूचीअनुसार ११२ वटा सूचीकृत कम्पनीहरु मार्जिन कारोबारका लागि योग्य देखिएका छन् ।  

नेप्सेले एक सूचना जारी गर्दै मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पूरा गरेका मार्जिन कारोबारयोग्य कम्पनीहरुको सूची सार्वजनिक गरेको हो।

नेप्सेले १९ वटा वाणिज्य बैंक, ८ वटा विकास बैंक, ५ वटा फाइनान्स र १६ वटा हाइड्रोपावर समूहका कम्पनी  छन् । यसैगरी  निर्जीवनबाट ९ वटा, जीवन बिमा समूहबाट ७ वटा र ४० वटा लघुवित्त कम्पनी पनि मार्जिन कारोबारका लागि योग्य रहेको नेप्सेले जनाएको छ । 

त्यसैगरी, नेप्सेले जलविद्युत लगानी तथा विकास कम्पनी, नागरिक लगानी कोष, हिमालन डिस्टिलरी, शिवम् सिमेन्ट्स, नेपाल पुनर्बिमा कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, एनआरएन इन्फ्रास्ट्रक्चर र नेपाल दूरसञ्चार कम्पनी पनि मार्जिन कारोबारका लागि योग्य रहेको जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal