Skip to content
Prabhu

नेप्सेद्वारा लगानीकर्ताको पैसा नदिने सिप्ला सेक्युरिटिज ३ दिन निलम्बनमा

काठमाडौं । धितोपत्र दलाल व्यवसायीहरुले पछिल्लो केही समय सेयर लगानीकर्ताले बिक्री गरेको सेयरका पैसा नदिएर लगानीकर्ता तनाबमा परेका छन् । 

सिप्ला सेक्युरिटिज (ब्रोकर नम्बर २०) प्रालि । सो ब्रोकरले लगानीकर्ताको पैसा नदिएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले उक्त ब्रोकरलाई तीन दिन निलम्बनसमेत गरेको छ । उक्त ब्रोकरले आफ्ना १० हजार ग्राहक छन् भनेर वेबसाइटमै राखेको छ ।

लगानीकर्ताले सेयर खरिद बिक्री गरेको दुई कार्य दिनमा राफसाफ नगरे क्लोज आउटमा पार्ने धितोपत्र दलालहरुले यतिबेला लगानीकर्ताले बिक्री गरेको सेयरको पैसा नदिएर हैरान बनाउन थालेका छन् । ब्रोकरहरुले विभिन्न बाहनामा लगानीकर्तालाई भुक्तानी गर्न आलटाल गर्दै आएका छन् ।

ब्रोकरहरुले लगानीकर्तालाई समयमा नै भुक्तानी नगर्दा धितोपत्र बोर्डमा उजुरी बढ्दै गएको छ । बोर्डमा ब्रोकरले पैसा नदिएको भन्दै उजुरी बढेपछि बोर्डका कर्मचारीहरु पीडित लगानीकर्तालाई पैसा पाउने वातावरण बनाउनुभन्दा पनि ब्रोकरसँग बाग्रेनिङ गर्न थाल्दा लगानीकर्ता थप पीडित बनिरहेका छन् ।

ब्रोकरले तोकिएको समय भित्र राफसाफ तथा फर्छ्यौट नगरेको भन्दै नेप्सेले ३ कार्यदिनका लागि निलम्बन गरेको जनाएको छ । लगानीकर्ताको पैसा नदिने ब्रोकरलाई नेप्सेले तीन दिन निलम्बन गरेपछि ब्रोकरलाई भन्दा बढी नोक्सान लगानीकर्तालाई हुने गरेको छ । पछिल्लो समय धितोपत्र बोर्डमा पनि ब्रोकरले पैसा दिएनन् भनेर पुरानो ब्रोकरका विरुद्ध उजुरी पर्ने क्रम बढेको छ ।

ब्रोकरको कमजोरीका कारण लगानीकर्ता आफ्नो सम्पत्ति बिक्री गर्न र लगानी गर्नसमेत बन्चित भएका छन् । यसलाई कम गर्न अक्सन मार्केट र सेटलमेन्ट ग्यारेन्टि फण्ड कार्यान्वयनमा ल्याउनु पर्ने ब्रोकरहरु नै बताउँछन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal