Skip to content
Prabhu

मर्जर प्रस्ताव पारित गर्न दुई लघुवित्तले एकैसाथ बोलाए साधारणसभा

 

काठमाडौं । जाल्पा सामुदायिक र किसान लघुवित्तले मर्जर प्रस्ताव पारित गर्न चैत ९ गते साधारणसभा बोलाएका छन्। जाल्पा सामुदायिकको साधारणसभा दि एसआर होटल तिलोत्तमा रुपन्देहीमा बिहान ९ बजेदेखि सुरु हुनेछ । 

त्यसैगरी किसान लघुवित्तको सभा ताज प्यालेस  गल्फुटारमा बिहान ११ बजेबाट सुरु हुनेछ । यी दुवै कम्पनीले आर्थिक वर्ष २०७९र८० को नाफाबाट लाभांश वितरण नगर्ने जनाएका छन् । किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त एकआपसमा गाभिने सम्बन्धमा अध्यक्षले प्रतिवेदन प्रस्तुत गर्ने र त्यसमाथि छलफल गर्ने एजेन्डा छ । 

दुवै कम्पनीको सभाले एक आपसमा १ बराबर ०.८८३४ सेयर स्वाप अनुपातमा मर्ज हुने विशेष प्रस्ताव पारित गर्नेछ । सभा प्रयोजनका लागि किसानले चैत १ गते बुक क्लोज गर्ने जनाएको छ भने जाल्पाको फागुन २४ गते बुक क्लोज हुनेछ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal