Skip to content
Prabhu

टेलिकमको ‘ब्रान्ड एम्बेसडर’मा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य नियुक्त

काठमाडौं । नेपाल टेलिकमले हास्यव्यंग्य तथा कलाकारिताको क्षेत्रमा विशिष्ठ महजोडीको रुपमा चिनिएका कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई एक वर्षका लागि ‘ब्रान्ड एम्बेसडर’ नियुक्त गरेको छ । 

शुक्रबार टेलिकम केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौतापत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) तथा कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले हस्ताक्षर गरेका छन् । 

उक्त अवसरमा टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले नेपाली कला क्षेत्रका दुई नक्षत्रसँगको कम्पनीको आवद्धता महत्वपूर्ण रहेको र ब्रान्ड एम्बेसडरमार्फत कम्पनीका विभिन्न सेवाहरुका बारेमा जनतालाई समयमै सुसूचित गर्ने कार्यमा सहयोग पुग्ने बिश्वास व्यक्त गरिन् ।

कार्यक्रममा ब्रान्ड एम्बेसडर मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले नेपाल टेलिकम जस्तो गरिमामय सरकारी निकायसँग आवद्ध हुन पाउँदा गौरवान्वित महसुस भएको बताएका छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal