Skip to content

नेप्से परिसूचक १० अंकले घट्यो, कारोबार रकम ३ अर्ब ३८ करोड

काठमाडौं । आइतबार नेप्से परिसूचक १०.६२ अंक घटेर २०७०.२५ विन्दुमा झरेको छ। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स १.५५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४४ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार करिब ४ अर्बको शेयर कारोबार भएको बजारमा यस दिन ३०४ पटकको कारोबारमा ६३ हजार ९ पटकको कारोबारमा ३ अर्ब ३८ करोड ७९ लाख रुपैयाँ बराबरको ८४ लाख ६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज सप्तकोशी डेभलपमेन्ट बैंकको सयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो बैंकको शेयरमूल्य यस दिन २६ रुपयाँ १० पैसा बढेर २८७ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ९ प्रतिशत बढेको छ भने मानुषि लघुवित्तको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। 

१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक, वित्त र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन सर्वाधिक १।५६ प्रतिशत घटेको छ भने जलविद्युत र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima