Skip to content

सुनको मूल्य एकैदिन २७ सयले घट्यो, कतिमा हुँदै छ कारोबार ?

 

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ २ हजार ७ सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसारए आज छापावाला सुनको मूल्य १ लाख ३४ हजार ५ सय रुपैयाँमा कायम भएको छ । मंगलबार छापावाला सुनको मूल्य १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन १ लाख ३३ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुन १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बुधबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला १ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला १ हजार ६ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस सुन २ हजार २८४ दशमलव ३२ डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal