Skip to content

क्रेस्ट माइक्रो लाइफको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआएमबी एस क्याप्टिल

 

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका लागि एनआइएमबी एस क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ ।

उक्त सम्झौतापत्रमा निष्कासन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिईओ)प्रतापमान श्रेष्ठ र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिईओ) शिवान्तबहादुर पाँडेले हस्ताक्षर गरेका हुन् ।

माइक्रो लाइफले आफ्नो जारी पुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ रकम बराबरको कूल २२ लाख ५० हजार कित्ता साधारण सेयरहरू प्रतिसेयर अङ्कित मूल्य १ सय रुपैयाँका दरमा सर्वसाधारणहरूमा निष्कासन गर्दै छ ।

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal