काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.३१ अंकले घटेर १९९८.९८ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।
आज ३०८ कम्पनीको ९४ लाख ९८ हजार २ सय ९८ कित्ता कारोबार हुँदा ४ अर्ब १३ करोड ३३ लाख ६२ हजार ७ सय २६ रुपैयाँ २३ पैसाको कारोबार भएको छ ।
आज आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको कारोबार सबैभन्दा धेरै भएको छ । सो कम्पनीको २८ करोड ७७ लाख ५७ हजार ५ सय ५८ रुपैयाँको कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ५ सय ६८ रुपैयाँ १० पैसा कायम रहेको छ।
बिहीबार ७८ कम्पनीको सेयर मूल्य बढ्दा १६१ कम्पनीको घटेको छ भने ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यसैगरी, आज ३ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने पिपुल्स पावर कम्पनीको सेयर मूल्य ८.२१ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्