Skip to content

बाढीले ५० लाख बराबरको केरा नोक्सान

nabil
global ime

सुनसरी । सुनसरी सदरमुकाम इनरुवा–४ का विनोद मेहताले दुई बिघा केराखेती गरेका थिए। सुनसरी खोलामा हालै आएको बाढीले केराखेतीमा क्षति पुर्याएपछि उनी चिन्तित छन् । उनले भने, ‘आफ्नै जग्गामा प्रति बिघा आठ लाखको लागतमा केरा लगाएको थिए ।

दुईबिघा मध्ये १३ कठ्ठा केरा खेतीमा क्षति भयो । केरा खेतीबाट छठपर्वमा सम्ममा १० देखि १२ लाखसम्म आम्दानी लिने लक्ष्य राखेको थिए । बाढीले क्षति गरेपछि ठूलो नोक्सानीको सामना गर्नुपरेको छ ।’ उनले भारतको मदरासबाट मदरासी(चिनिचम्पा) जातका केराको बीउ ल्याएर लगाएका थिए।

यही असोज ११ र १२ गते वर्षासँगै आएको बाढीले केराखेती कटान गरेर लानुका साथै पानी जमेकाले केरा सुक्न थालेको उनले बताए। बाढीका कारणले सुनसरी सदरमुकाम इनरुवासहित जिल्लामा ५० हेक्टर क्षेत्रफल केरा खेती नष्ट भएको तथ्याङक प्राप्त भएको कृषि ज्ञान केन्द्र इनरुवा सुनसरीका प्रमुख निलकमल सिंहले जानकारी दिए।

बाढीले रु. ५० लाख बराबरको केरा खेतीमा क्षति भएको उनले बताए । बाढीले सुनसरी सदरमुकाम इनरुवासहित भोक्राहा, हरिनगर, देवानगन्ज गाउँपालिकामा लगाएको केरा खेतीमा क्षति भएको छ । हावाहुरीका कारण क्षति पुगेको केराखेतीमा सरकारले क्षतिपूर्तिबापत सहयोग गर्नुपर्ने स्थानीय किसानले बताएका छन् ।

यसवर्ष केरा खेतीमा दैवीप्रकोपले ठूलो नोक्सानी पुर्याएका कारण बजारमा केरा अभाव हुनसक्ने आँकलन गरिएको छ भने मूल्य बढ्ने आँकलन गरिएको छ । सुनसरीमा ५ सय १० हेक्टर क्षेत्रफलमा केराखेती हुँदैआएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima