Skip to content

३ क्विन्टल ९२ किलो गाँजासहित २ जना पक्राउ

nabil
global ime

बागमती । तेल बोक्ने ट्याङकरभित्र लुकाएर लैजाँदै गरेको अवस्थामा ठूलो परिणाममा प्रतिबन्धित लागुऔषध गाँजासहित आज दुई जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेबाट पालुङबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख १७७१ नम्बरको ट्याङ्करभित्र लुकाएर लैजाँदै गरेको अवस्थामा तीन क्विन्टल ९२ किलो प्रतिबन्धित लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ट्याङकर चालक मकवानपुरको मनहरि गाउँपालिका–९ ज्यामिरे निवासी २६ वर्षीय रोशन पुरी र सहचालक २२ वर्षीय धनबहादुर मल्ल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्याम अर्यालले जानकारी दिए ।

ट्याङकरभित्र गाँजा लगिइरहेको गोप्य सूचनाको आधारमा शरीर तथा ट्याङकर खानतलासी गर्दा ट्याङकरको पाँचवटा डिब्बामध्ये तीन नम्बर डिब्बाभित्र २५ वटा रातो प्लाष्टिकको पोका बनाएर लुकाईछिपाई राखिएको अवस्थामा लागुऔषध गाँजा बरामद् भएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima