Skip to content

बीपी राजमार्गमा सुक्खा पहिरोले सुमो र बसमा क्षति, आउजाउ ठप्प

काठमाडौं । शुक्रबार बीपी राजमार्गमा सुक्खा पहिरो जाँदा सुमोमा क्षति पुगेको छ। बाढीपहिरोबाट क्षतिग्रस्त भएको १४ दिनदेखि अवरुद्ध बीपी राजमार्गको काभ्रेचौकी डाँडादेखि सिन्धुलीको नेपालथोक सडकखण्ड‍ आज बिहानबाट सुचारु भएको थियो। पहिरो गएपछि अस्थायी ड्राइभर्सन फेरि बन्द भएको छ। पहिरोले सुमो र बसमा क्षति पुगेको हो।

काभ्रेको रोशी गाउँपालिका–११ पिप्लेमा खसेको सुक्खा पहिरोले खोटाङबाट काठमाडौंतर्फ जाँदै गरेको ना. १ ज. ६८१७ नम्बरको सुमोलाई पुरेको हो । यसैगरी सिन्धुलीबाट काठमाडौं तर्फ जाँदै गरेको बा. ४ ख. ४३५२ नम्बरको बसलाई सोही ठाउँको पहिरोले रोशी खोलामा धकेलेको छ ।

सुमो र बसमा क्षति पुगेको स्थानीय राज मैनालीले जानकारी दिए। उनका अनुसार मानवीय क्षति भएको छैन। पहिरो पन्छाउन गएको जेसिबी मेसिन पनि भर्खरै पल्टिएको छ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi